११ आश्विन २०८१, शुक्रबार

काँग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

कोलोराडोखबर संवाददाता , September 10th, 2024

नेपाल । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियाको राजदूतमा काँग्रेस नेतृ चित्रलेखा यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यादव नेपाली कांग्रेसको पूर्वकोषाध्यक्ष तथा प्रतिनिधि सभाको पूर्वउपसभामुख र पूर्व शिक्षा मन्त्री समेत हुन् ।

यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएपनि उनले इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको हो ।

यादव संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छिन् ।

प्रतिक्रिया दिनुहोस्