११ आश्विन २०८१, शुक्रबार

एनआरएनएको वार्षिक साधारण सभा अक्टोबर २७-२८ मा काठमाडौंमा हुने, एनआरएन दिवस पनि मनाइने

कोलोराडोखबर संवाददाता , September 9th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९९औं अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठक ८ सेप्टेम्बर २०२४ मा सम्पन्न भएको छ ।

एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सञ्चालित बैठक महासचिव गौरीराज जोशीले सञ्चालन गर्नु भएको थियो ।

उक्त बैठकले यस बर्षको एनआरएनए दिवस २७–२८ अक्टोबर २०२४ मा काठमाडौँ नेपालमा हुने एनआरएएको बार्षिक साधारण सभासँगै भब्य रुपमा मनाइने निर्णय गरेको एनआरएनएका प्रबक्ता तथा सूचना, संचार तथा प्रकाशन समिति सभापति फणिन्द्र पन्तले जानकारी दिनु भएको छ ।

बैठकका छलफल र निर्णय यस्ता छन्ः

१. NRN दिवसको आयोजना: यस बर्षको NRN दिवस २०२४, आगामी २७-२८ अक्टोबर २०२४ मा काठमाडौँ, नेपाल मा हुने NRNA को बार्षिक साधारण सभा सँगै भब्य रुपमा मनाइनेछ। सबै NCC हरूलाई अक्टोबर महिनामा NRN दिवस मनाउन प्रेरित गरिएको छ, जसमा नेपालमा परोपकारी कार्यहरू र आँफु बसोबास गरेको देशमा दशैं-तिहार चाडपर्व मनाउँदै गर्दा ONE NCC ONE CHARITY परियोजना र अन्य परोपकारी कार्यहरू समावेश गर्न अनुरोध गरिएको छ। डा. हेमराज शर्मा कार्यक्रम कन्भेनर हुनुहुन्छ, जसलाई सबै उपाध्यक्ष र विभाग प्रमुखहरूले आयोजना तयारीमा सहयोग गर्नेगरि ब्यबस्था मिलाइएको छ । कार्यक्रमहरूमा नेपाल र अन्तर्राष्ट्रिय रूपमा परोपकारी कार्यहरू गरिनेछन्, जसको बजेट ICC द्वारा स्वीकृत हुनेछ। NCC हरु , महिला, युवा, र सबै विभागहरू समितिलाई सहभागिताका लागि प्रोत्साहन गरिनेछ। काठमाडौँ को २ दिने बिशेष कार्यक्रम संगै प्रि तथा पोस्ट NRN day को फ्रेम मा चितवन भरतपुर लगाएत नेपालका बिभिन्न ठाउमा नेपाल भ्रमणमा रहनुहुने एन आर एन साथीहरुको सहभागितामा बिभिन्न कार्यक्रम तय हुनेछन ।

२. NRN नागरिकता: NRNA ले नेपालमा NRN नागरिकता को तत्काल पूर्ण कार्यान्वयनको लागि वकालत गर्नेछ। अध्यक्षले जानकारी दिनुभय अनुसार प्रधानमन्त्रीले यस नागरिकता सम्बन्धी आवश्यक कदमहरू चाँडै चाल्ने अपेक्षा गरिएको छ। उपाध्यक्ष तथा NRN कल्याण विभागका प्रमुख राम शरण सिम्खडाको संयोजनमा NRN नागरिकता अधिकार र जिम्मेवारी बारे जनचेतना फैलाउन छलफल कार्यक्रमहरू (Talk Show ) आयोजना गर्ने निर्णय भएको छ ।

३. नेपालमा लगानी र १० अर्ब को “नेपाल विकास कोष” : नेपाल विकास कोष NRN दिवस २०२४ अघि लागू गरिनेछ, र तब सम्म नेपाल सरकारले गैरआवासीय नेपालीहरूको लगानीका लागि अनुकूल वातावरण तयार पार्नेछ भन्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री ज्यु उक्त ब्यबस्थापनको लागि प्रतिबद्द हुनुभएको जानकारी मिटिंगलाइ गरिएको छ ।

४. सदस्यता: पहिलेकै साबिकमा ICC स्तरमा सदस्यता शुल्क $३ र $५ कायम गरिनेछ, तर NCC हरूले आफ्नो सुविधानुसार शुल्क निर्धारण गर्न पाउनेछन्। सदस्यता वर्षभर खुला रहनेछ, तर NCC साधारण सभाको दुई महिना अगाडि बन्द गरिनेछ। स्मार्ट NRNA टोली ले ७ दिनभित्र सदस्यता निर्देशिका अद्यावधिक गर्नेछ, र १५ दिनभित्र ICC बाट अनुमोदन हुने गरि व्यवस्था मिलाइने छ ।

५. पोर्चुगल र मलेसिया NCC नेतृत्व समस्या:- RC हरी भट्टराई द्वारा मलेसिया NCC नेतृत्व समस्या समाधान भइसकेको जानकारी भयो । – पोर्चुगल NCC नेतृत्व समस्याको छानबिन RC यूरोप डा. चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय परिषद र पोर्चुगलका ICC टोली द्वारा गरिनेछ। आगामी आइ सी सी मिटिंग ले तत् सम्बन्धि क्षेत्रको अनुसन्धान र सिफारिसको आधारमा गर्ने छ ।

६. नेपालको राष्ट्रिय खेलकुदमा सहभागिता: NRNA, यस पटक एकल खेलहरूमा मात्र सहभागी हुनेछ, जबकि समूह खेलहरूमा NRN खेलाडीहरू मार्फत आर्थिक सम्भाव्यता अनुसार गरिनेछ। युबा उपाध्यक्ष रोशन थापा ले युबा बिभाग बाट आबस्येक तयारी गरि आइ सी सी लाइ जानकारी हुने छ ।

७. शपथ ग्रहण र बाँकी भुक्तानी: शपथ ग्रहणको समयसीमा NRN दिवस २०२४ सम्म बढाइएको छ। उपमहासचिव सोमनाथ सापकोटा ले बाँकि रहेको शपथ ग्रहण प्रक्रियामा सहजीकरण गर्ने र बाँकी भुक्तानीहरू मिलाउन कोषाध्यक्ष सुदन कुमार थापा सहित ट्रेजरी टिम लाइ जिम्मेवारि रहने छ । केही सदस्यहरूद्वारा यस बैठकमा शपथ ग्रहण गरिएको छ । उहाहरुमा मदन दुवाडी आइ सी सी बेल्जियम , भिम सुबेधि , आइ सी सी बेल्जियम , डा अन्जु खरेल आइ सी सी अमेरिका , सरिता ढकाल आइ सी सी जापान , शान्ति अर्याल अधिकारी आइ सी सी पोर्तुगल हुनुहुन्छ । अध्यक्षले उहारुलाइ बधाई एवं स्वागत गर्नु भयो ।

८. अध्यक्षको भ्रमण: अध्यक्षले आफ्नो सफल NCC UK भ्रमणको लागि एन सी सी यु के अध्यक्ष हित काजी गुरुङ, NCC UK कार्यसमिति , र सहभागी सबै ICC पदाधिकारीहरु तथा सदस्यहरूलाई धन्यवाद दिनुभयो ।साथै नेपाली मेला यु के आयोजक संस्था तमु धी यु के , नेपाली राजदुताबास बेलायेत , बिभिन्न एन आर एन राज्य समितिहरु तथा समस्थ बेलायेत् बासि नेपाली तथा गोर्खा परिवार प्रति हार्दिक आभार प्रकट गरिएको छ । अध्यक्षले आफ्नो अर्को भ्रमण NCC अस्ट्रेलियामा हुने जानकारी गराउनु भएको छ ।

९. विभाग, समितिहरू र कार्यदलहरूबाट प्रतिवेदन: अध्यक्षले सबै विभाग, समिति, र कार्यदल नेत्रित्वलाई आफ्नो टीम पूरा गरी TOR (Terms of Reference) बुझाउन र कार्ययोजना ICC मा पेश गर्न निर्देशन दिनुभयो। उहाले मिडिया समितिको सक्रिय भूमिकाको सराहना गर्दै संगठनको छवि निर्माण गर्न अझ विस्तारित रूपमा काम गर्न आग्रह गर्नुभयो ।

१०. कोष ब्यबस्थापन र बजेट प्रस्ताव: बैठकले कोषाध्यक्ष सुदन कुमार थापाले प्रस्तुत गर्नुभएको कोषसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्यो। साथै आर्थिक बर्ष २०८० -२०८१ र आगामी साधारण सभाका लागि ट्रेजरी टोली ले बजेट प्रस्ताव तयार पार्ने र कार्यक्रम खर्च धान्न सहभागी शुल्क तोक्ने निर्णय गरिएको छ। यस ९९औं ICC बैठकले NRN नागरिकता, नेपालमा लगानी अनुकुलता , र एनआरएन डे तथा वार्षिक साधारण सभा, सबैको सक्रियेता र आगामी कार्यक्रमहरूको बारेमा महत्वपूर्ण निर्णयहरू गर्यो । –

-फणिन्द्र पन्त

प्रबक्ता तथा सभापति , सुचना , संचार तथा प्रकाशन समिति गैरआबसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद ।

प्रतिक्रिया दिनुहोस्