१९ पुष २०८१, शुक्रबार

नेपालमा कर्मचारीको खाजा खाने समय अब आधा घण्टामात्रै हुने प्रधानमन्त्रीको निर्देशन

कोलोराडोखबर संवाददाता , September 9th, 2024

नेपाल । नेपालमा सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।

खाजा खाने समय लामो हुँदा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्