६ मंसिर २०८१, बिहीबार

कोलोराडोमा सामुहिक पूजा र नाचगानका साथ तीज पर्व सम्पन्न

कोलोराडोखबर संवाददाता , September 8th, 2024

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नारीहरुको महान चाड तीजको पावन अवसरमा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउँमा भेला भई सामुहिक तीज पूजा लगाउँदै तीज मनाएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, हिन्दु सनातन मन्दिर डेनभर, सनातन मन्दिर सेन्टेनियल लगायतका स्थानमा आरध्य देव शिव र पार्वतीको पुजा, आरधाना तथा नाचगान गर्दै भव्यताका साथ तीज मनाइएका हुन् ।

कोलोराडोमा सकृय संस्था सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोको आयोजनामा महिला दिदी बहिनीहरु नेपाली सांस्कृती केन्द्र नेपाली घरमा जम्मा भई बिधीपूर्वक शिव पार्वतीको आरधना तथा नाचगान गर्दै तीज मनाएका हुन् ।

तीजको पूजा लगाउन चाहने दिदी बहिनीहरुलाई सरल र सहज रुपमा पुजामा सहभागी गराउन सकियोस र नेपाली सांस्कृतीक केन्द्र भवन हामी सबैको साझा हो भन्ने भावनाको बिकास गर्न सकियोस् भन्ने उद्धेश्यले सांस्कृतिक केन्द्रमा सामुहिक पुजाको आयोजना गरिएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो अध्यक्ष धन पौडेले बताएकी छिन् ।

बिहान ९ बजे देखी दिउसो ३ बजेसम्म संचालित पूजा पण्डित चिरिन्जीवी पौडेलले हिन्दु धर्म संस्कृती अनुसार संचालन गरेका थिए । तीज पूजा सफलताका साथ सम्पन्न गराउन नेपाली घर, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपाल, सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोका लगायत संघ संस्थाका पदाधिकारीहरु भोलेन्टिरका रुपमा कार्यक्रम स्थलमा खटेका थिए ।

कार्यक्रममा सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोका उपाध्यक्ष तथा समाजसेवी शान्ति भुषालले उपस्थित दिदी बहिनीहरुलाई स्वागत गरेकी थिईन । सोही समारोहमा उनले गत एकादशीमा तुलसीको बिरुवा बितरणबाट सहयोग स्वरुप संकलित ६ सय डलर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ नेपाली घरका अध्यक्ष बसन्त लम्साललाई हस्तान्तरण गरी यदी भित्री मनदेखी सहयोग गर्ने चाहना भए बिभिन्न माध्यमबाट सहयोग संकलन गर्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रश्तुत गरेकी छिन् ।

त्यस्तै तीजपूजामा सहभागी दिदी बहिनीबाट सौभाग्यका सामग्री लगायतका सामान प्रयोग गरेबापत सहयोग स्वरूप संकलन गरिएको रकमबाट खर्च कटाएर बांकी रहेको रकम नेपाली सांस्कृतीकलाई हस्तान्तरण गरिने योजना रहेको अध्यक्ष पौडेलले बताएकी छन् ।

त्यसैगरी नेपाली घरका अध्यक्ष बसन्त लम्सालले यो नेपाली सांस्कृतिक केन्द्र तपाईं हामी सबैको साझा सम्पत्ती भन्दै कार्यक्रममा उपस्थित भई तीजपूजा सम्पन्न गरेकोमा सबै दिदी बहिनीहरुलाइ तीजको शुभकामनासंगै धन्यवाद दिएका थिए । उनले यस केन्द्रलाई पूर्णरुपमा संचालनमा ल्याई निरन्तरता दिन सबैको सहयोग आवश्यक भएकोले उपस्थित सबै दिदी बहिनीहरुलाइ यथासक्य सहयोग गरी यस महाअभियानमा जोडिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्