नेपाल । बुधबार बारा जिल्लामा प्रहरीले चलाएको गोली लागेर १ जनाको मत्यु भयो । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेमा सिम्रोनगढ वडा नम्बर १ का २६ वर्षीय लक्ष्मी मुखिया हुन् ।
गोली लागेर घाइते भएका मुखियाको उपचारकै क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विवाद हुँदा झडप भएको थियो ।
झडपका क्रममा प्रदर्शकारीले ढुंगामुढा गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्