नेपाल । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
शुक्रबार हिन्दु नारीहरुको महतवपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको थियो ।
चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदी शुक्रबार भने रु एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्