९ मंसिर २०८१, आईतवार

गजल

कोलोराडोखबर संवाददाता , September 7th, 2024

–मिथिला अधिकारी–
सबै कुरा समयले खटाउँछ म के भनौं
आँखामा शत्रु पनि अटाउँछ म के भनौं ।

संगत गर्नु सोचेर मात्रै जमाना खराव छ
अमिलो परेपछी दूध फटाउँछ म के भनौं ।

गर्न त हर प्रयास गर मलाई सिध्याउने
ईर्ष्याले तिम्रै आयु घटाउँछ म के भनौं ।

सकेसम्म आफ्नै मनसँग रमाउनु सङ्गी
अरूले त अनेक पाठ रटाउँछ म के भनौं ।

तिमीले, मैले सोचे जस्तो छैन यो दुनियाँ
मदिरा राख्न मन्दिर हटाउँछ म के भनौं ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्