नेपाल (हेटौंडा) । कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न बिहीबार बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरिन् । उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत हुन् ।
२९ सदस्यीय कार्यपालिकामा बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्