नेपाल । बिहीबार साँझ नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ ।
बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जोशी यसअघि पनि बोर्डको सीइओ भइसक्नुभएको छ । उहाँले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसक्नुभएको छ ।
यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्