२ माघ २०८१, बुधबार

अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै, तयारी अन्तिम चरणमा

कोलोराडोखबर संवाददाता , September 5th, 2024

कोलोराडो । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी भव्य रुपमा तीब्रताका साथ भइरहेको छ ।

अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो । कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति हुने भएको छ ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।

नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् । साथै त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहने छ । कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न आफूहरु तयारीमा जुटेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा १०० देखि १५० जनासम्म कलाकारहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरु माझ उक्त अवार्ड कार्यक्रम सम्पन्न हुने त्रिवेणी इन्टरटेनमेन्ट यूएसएका नवराज केसीले बताए ।

नायक नवराज श्रेष्ठ, (अध्यक्ष, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए)

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

यो पटक एटिए एभरेष्ट ग्रुपको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी तथा Rashmi Couture डिजाइनको सह-प्रयोजन रहेको छ । www.coloradokhabar.com पनि उक्त कार्यक्रमको मिडिया पार्टनर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

प्रतिक्रिया दिनुहोस्