२ माघ २०८१, बुधबार

शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयघातका कारण निधन

कोलोराडोखबर संवाददाता , September 4th, 2024

नेपाल । शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयघातका कारण आइतबार राति निधन भएको छ ।

काठमाडौँ ठमेलस्थित निवासमा श्रेष्ठको निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ ।

एकछिन काम छ भनेर कोठामा छिर्नुभएका श्रेष्ठको त्यहीँ निधन भएको थियो । उहाँकी श्रीमती कोठामा जाँदा श्रेष्ठ ढलिरहनुभएको अवस्थामा पाइएको थियो ।

किराँतेश्वर, राम मन्दिर, यलमाया केन्द्रलगायत काठमाडौँमा हुने शास्त्रीय उत्सवमा श्रेष्ठको उपस्थिति रहने गरेको थियो । ललितपुर क्याम्पसबाट सङ्गीतमा स्नातक गर्नुभएका श्रेष्ठले बनारसमा एमए गरी सन् २००३ मा नेपाल फर्किनुभएको हो । नेपाल फर्किएपछि रत्नराज्यलक्ष्मी क्याम्पसमा आंशिक शिक्षकका रूपमा प्राध्यापन गर्न थाल्नुभएको थियो ।

उहाँ ललितकला केन्द्रीय विभागमा समेत शास्त्रीय सङ्गीत अध्यापन गर्नुहुन्थ्यो । रत्नराज्यलक्ष्मी क्याम्पसको बिहानी सत्रको सहायक क्याम्पस प्रमुखसमेत रहनुभएका श्रेष्ठको श्रीमती र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्