नेपाल । कवि विपिन पाठकको मरभूमिमा वसन्ती याम कविता संग्रह बजारमा आएको छ । ईन्डिगो इन्कले प्रकाशन गरेको सो कविता संग्रहमा समसामाहिक विषयसग जोडिएका ३७ वटा कविता संग्रहित छन् । विकृत राजनिति, संस्कृति, परम्परा र रितिरिवाजलाई कवितामा सुष्म रुपमा केलाइएको छ ।
कवि पाठकले लेखन आन्दोलन भएकाले सपनाका नायक ठानेकाहरुले नै सपनाको हत्या गरिरहेको कुरुप दृश्यको साक्षि बस्दा र रुखलनको जाँतोमा आदर्शहरु पिनिएको देख्दा विकृत राजनितिका बारेमा कविता लेख्नु परेको बताउनुभयो ।
साहित्यकार अभय श्रेष्ठले पुस्तकको भूमिकामा कवि विपिनका कवितामा कथ्य चेतना र त्यसलाई अभिव्यक्त गर्ने कला मजवुत रुपमा आएको उल्लेख गर्नुभएको छ ।
मरभूमिमा वासन्ती याम कविको पहिलो कृति हो । चितवन माडीमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध पाठक कविता लेखनमा पनि उत्तिकै साधनारत छन् ।
प्रतिक्रिया दिनुहोस्