अमेरिका । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) को आगामी दुइ वर्षीय कार्यकाल (२०२३–२५) का लागि बिरोचन नेपालको अध्यक्षतामा २५ सदस्यीक नयाँ कार्यसमिति चयन भएको छ ।
संस्थाको निवर्तमान अध्यक्षमा विष्णु कार्की, प्रथम उपाध्यक्षमा यलिना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मिलनकुमार कार्की, तृतीय उपाध्यक्षमा यम पौडेल, महासचिवमा गौरवराज थपलिया, सचिवमा सञ्जय तिमल्सिना, कोषाध्यक्षमा खगेन्द्र रेग्मी, सहकोषाध्यक्षमा मुरारी पोखरेल र प्रवक्तामा परशुराम फुयाल चयन भएका छन् ।
गत आइतबार ब्रेन्ट्री स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्