११ आश्विन २०८१, शुक्रबार

अमेरिकाको मेरिल्यान्डमा नेपाली युवा मृत भेटिए

कोलोराडोखबर संवाददाता , September 2nd, 2024

अमेरिका । अमेरिकाको मेरिल्यान्डमा नेपाली युवा मृत भेटिएका छन् ।

मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान अगस्त २७ मा फेला परेको बताइएको छ ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ ।

मृत्युको कारण पत्ता नलागेको बताइएको छ । चितवन भरतपुरका उनी सन् २०१५ मा अमेरिका आएका थिए । उनी आफ्नै कोठामा मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्