जर्मनी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्मनी च्याप्टरको अध्यक्षमा सुजाता घिमिरे चयन भएकी छिन् ।
नेपाली साहित्यलाई संस्थागत रुपमै अझै सशक्त बनाउने उद्देश्यले अनेसासको जर्मनी च्याप्टर गठन गरिएको हो ।
च्याप्टरको वरिष्ठ उपाध्यक्षमा लीलाराज कार्की, उपाध्यक्षमा शिशिर परियार, महासचिवमा रमण जैसेरी, सचिवमा गौरव तिवारी र कोषाध्यक्षमा प्रतिक्षा पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गणेश गजुरेल, सीमा ढुंगाना, निरज सोडारी, एलिजा हुमागाईँ र कपिल अर्याल छन् ।
यसैगरी वरिष्ठ सल्लाहकारमा जीवा लामिछाने, सल्लाहकारहरुमा खड्ग न्यौपाने, सागर फुँयाल र सुवासचन्द्र सापकोटालाई चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्