–लक्ष्मी ‘रेशमी’–
प्रचण्ड गर्मीमा
एक झोँका तुफानको बेग
काला सेता बादल
बर्सियो बेस्सरी
छायाँको खोजिमा भौँतारिएका
दुइचार जीवनहरु
खुशीले नाचिरहेका
कदमका पातहरु
आफुमै समाहित थोपाहरुलाई चुम्दै
झुमिरहेका फुलपत्रहरु
तनको शीतलता मनसम्म नपुग्दै
चर्किएको घाम देखेर
ट्वाल्ल परेर टोलाइरहे
बर्षाको मायावी चाल र
क्षणभरमै बदलिएको मौसम देखेर ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्