११ आश्विन २०८१, शुक्रबार

टेक्ससमा नेपाली बिद्यार्थी मुना पाण्डेको हत्याका आरोपी बबी सिंह शाह पक्राउ

कोलोराडोखबर संवाददाता , August 30th, 2024

अमेरिका । गत सोमबार अमेरिकाको टेक्सस राज्यमा नेपाली बिद्यार्थी २१ बर्षिय मुना पाण्डेको हत्या गरी फरार रहेका भनिएका बबी सिंह शाह पक्राउ परेका छन् ।

मुनाको हत्या घटनापपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको थियो । उक्त घटना ह्युस्टनको एक आवास गृहमा भएको थियो ।

५१ वर्षीय शाहमाथि २६२ औं क्यापिटल मर्डरको मुद्दा चलाइएको छ ।

मुना पाण्डेलाई उनको आवासगृह भित्र बन्दुकको गोली लागेको थियो। त्यहाँ उपचारमा आएका स्वास्थ्यकर्मीहरुले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या

प्रतिक्रिया दिनुहोस्