११ आश्विन २०८१, शुक्रबार

अमेरिकासहिका देशहरुद्वारा नेपालमा टीआरसी कानून पास भएकोमा स्वागत

कोलोराडोखबर संवाददाता , August 30th, 2024

नेपाल । नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी विद्येयक प्रमाणीकरण भएकोमा अमेरिकासहितका देशहरुले संयुक्तरुपमा स्वागत गरेका छन् ।

स्वागत गर्ने देशहरुमा गैरपश्चिमा देशहरुमा जापान छ भने अरु आठ देशहरुमा अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, फिनल्याण्ड, जर्मनी र फ्रान्स छन् । यस्तै यूरोपेली संघले पनि स्वागत गरेको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले अगाडिको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ । निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ ।’

प्रतिक्रिया दिनुहोस्