नेपाल । नेपालमा मंगलबार पनि नेप्से उच्च अंकले घटेको छ ।
आइतवार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १११ दशमलव ९६ अंकले घटेर २ हजार ७८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ ।
मंगलबार ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्