६ मंसिर २०८१, बिहीबार

तमु प्ये ल्हु अमेरिकाको आयोजनामा चेलिबेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , August 26th, 2024

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजनामा कोलोराडोमा बाऊमाइती तथा चेलिबेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तमु प्ये ल्हु अमेरिका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमुको सभापतित्वमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा गत जुन २९ र ३० (शनिबार र आइतबार) भव्यताका साथ सम्पन्न अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सफल बनाउन साथ सहयोग गर्नेहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । उक्त प्रतियोगिताको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) रहेका थिए ।

प्रशंसापत्र सहआयोजक एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, कार्यक्रमका सभापति ढक ब ल्हेगे तमु तथा दशौं वार्षिकउत्सब तथा भलिबल प्रतियोगिताका संयोजक चन्द्र ल्हेगे तमुबाट प्रदान गरिएको थियो ।

प्रतियोगितका संयोजक चन्द्र ल्हेगे तमुबाट आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्‍याउनु हुने सहयोगी मनहरुमा, सम्पूर्ण आयोजक समितिका सदस्यहरु, स्वायम्सेवकहरु तथा सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै आय–ब्यय प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रम सम्पन्न गर्न ३२३२३ डलर खर्च भएको र २६५५६ सहयोग संलकन भएको विवरण सार्वजनिक गरिएको थियो । संस्थाका उपप्रमुख सल्लाहाकार चिजमाया ल्हेगे तमुबाट संस्थामा आबद्द आजीवन सदस्य तथा साधारण सदस्यहरुलाई प्रमाण पत्र दिदै आशिर्बाद दिनु भएको थियो ।

प्रतियोगिता सहआयोजक एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलबाट उक्त प्रतियोगितामा आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्‍याउनु हुने सहयोगी मनहरुमा, सम्पूर्ण आयोजक समितिका सदस्यहरु, स्वायम्सेवक तथा सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै यसरी नै भविस्यमा तमु प्ये ल्हु अमेरिका लगायात कोलोराडोमा रहेको सम्पूर्ण संघसंस्थासँग सहकार्य गर्दै आइरहेको र गरिरहने बाचा गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष जोउ ब पह्च्यु तमु र चन्द्र ल्हेगे तमुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

‘तमु प्ये ल्हु’को वार्षिकोत्सवः रुकुमले जित्यो टिपिएलए कप, एनआरएनए र सीएनवाईसीको भव्य साथ

प्रतिक्रिया दिनुहोस्