नेपाल । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
गत आवको तथ्याङ्कसहित विगत तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो ।
चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्