११ मंसिर २०८१, मंगलवार

बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरले ५ लाख सहयोग गर्ने

कोलोराडोखबर संवाददाता , August 23rd, 2024

नेपाल (हेटौंडा) । वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि बैज्ञानिक महाविर पुनको अभियानमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपियाँ बराबर सहयोग गर्ने भएको छ ।

बिहिवार पुस्तक बिक्री अभियान लिएर हेटौंडा उपमहानगरपालिका आइपुगेका पुनको अभियानमा सहयोग गर्दै ५ लाख रुपियाँ बराबरको पुस्तक खरिद गर्ने प्रतिबद्धता जनाएको हो ।

पुस्तक बिक्री अभियानमा २०२ दिन देखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताएका थिए ।

सुदुरपश्चिम प्रदेस बाट अभियान सञ्चालन गरेका बैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौंडामा पुस्तक बिक्री गरीरहेका छन् ।

देशभर पुस्तक बिक्री अभियानमा रहेका उनले अहिलेसम्म १ लाख २५ हजार पुस्तक बिक्री गरिरहेको बताए । जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरीद गरेपनि कारखाना सञ्चालनका लागि २० करोड रुपियाँ संकलन गर्न सकिने उनको आँकलन थियो । २०४९ सालबाट बन्द रहेको कारखाना सञ्चालनका लागि पुनकै नेतृत्वमा मर्मत गरिएको थियो । कारखाना सञ्चालन पछि ४ सय जना नागरिकले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्