१० मंसिर २०८१, सोमबार

सर्वसाधारणका लागि कहिले खुल्ला काठमाडौंको धरहरा ?

कोलोराडोखबर संवाददाता , August 22nd, 2024

नेपाल । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “धरहरा पूरै सञ्चालन गर्न नसकिए पनि केही भाग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धरहराको काम केही दिनमै सम्पन्न हुने होइन । धरहरा चढ्न चाहनेको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्