काठमाडौं । एनसेलले सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको दाबी गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै आजको दिनसम्म सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको बताएको हो । कम्पनीले अझैपनि कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार पालना गरिने जनाएको छ ।
त्यस्तै, एनसेलले ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
शेयर खरिद बिक्रीको चर्चा र आंशकाका बीच कम्पनीले विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्