११ आश्विन २०८१, शुक्रबार

गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएकोले कानून तथा नियमावली संशोधन गर्न आग्रह

कोलोराडोखबर संवाददाता , August 21st, 2024

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रमेश लेखकसँग मंगलबार भेट गर्यो ।

भेटमा गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएकोले कानुन तथा नियमावली संशोधन गर्न आग्रह गरिएको थियो ।

आर्थिक सामाजिक र सांस्कृतिक अधिकार व्यवहारमा प्रयोगको लागि नेपालको बिद्यमान कानुन मा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा तत्कालै अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यावहारिक ठाऊँका समस्या तुरुन्त समाधानका लागि मन्त्री लेखकसँग टोलीले आग्रह गरेको थियो ।

एनआरएनएले प्राप्त गर्ने नागरिकताका विषयमा क़ानूनबिद, बरिष्ठ अधिबक्ता एवं तत्कालीन संविधान सभाका सदस्यहरु राधेश्याम अधिकारी, अग्नि खरेल, खिमलाल देवकोटा एवम् रामनारायण बीडारीसँग बृहत् छलफल भएको थियो ।

मन्त्री लेखकसमक्ष संस्थाको लिखित धारणासमेत पेश गरियो। मन्त्री लेखकले यो समस्या छिट्टै समाधान हुने प्रतिबद्धता जनाएको अध्यक्ष डा. केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्