नेपाल । अमेरिकाबाट नेपाल आएर गत सोमबार अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाँधिएकी छन् । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।
बत्तीसपुतलीको राम मन्दिरमा सानो वैवाहिक समारोह आयोजना गरिएको थियो ।
अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । विवाहपश्चात फेरि अमेरिका फर्किने छिन् ।
अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् ।
सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्