नेपाल । छिमेकी मुलुक भारतले अन्तरदेशीय व्यापारका लागि नेपालका १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट विद्युत खरिदका लागि स्वीकृत गरेको छ ।
भारतको यो निर्णयसँगै नेपालले अब पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।
उर्जा मन्त्रालयका अनुसार भारतको पछिल्लो निर्णयले नेपालबाट हालसम्म ६९० मेगावाट (१६ वटा परियोजनाबाट) भारत निर्यात हुँदै आएकोमा अब ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) विद्युत निर्यात हुनेछ । नेपालले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत भारतलाई बिक्री गरेकको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट ३९ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्