११ आश्विन २०८१, शुक्रबार

थाइल्याण्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित

कोलोराडोखबर संवाददाता , August 20th, 2024

थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई गत शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ ।

फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।

पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलिङ सिनावात्राले यस पहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छो नेता हुनुहुन्छ ।

राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाइपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो । (-अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)

प्रतिक्रिया दिनुहोस्