११ आश्विन २०८१, शुक्रबार

अष्ट्रेलियामा हराइरहेका सुभाष मृत फेला, नेपाल ल्याउने तयारी

कोलोराडोखबर संवाददाता , August 20th, 2024

नेपाल । अष्ट्रेलियामा सम्पर्कबिहीन भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का सुभाष बोलखेको शव फेला परेको छ । २१ दिनदेखि सम्पर्कबिहीन रहेका उनको शव सिड्नीको समुन्द्रीतटमा फेला परेको हो ।

२७ वर्षीय सुभाष बोलखे १० महिना अघिमात्रै अष्ट्रेलिया गएका थिए ।

बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएका थिए ।

उनको शव नेपाल ल्याउनका लागि परिवारजन र अष्ट्रेलियामा रहेका नेपाली समुदायले पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्