११ आश्विन २०८१, शुक्रबार

पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

कोलोराडोखबर संवाददाता , December 9th, 2023

नेपाल । पोर्चुगलका लागि सनिल नेपाल राजदुत नियुक्त हुने पक्का भएको छ । प्रस्तावित राजदूत नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

संसदीय सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो ।

त्यहाँ २१ हजार नेपाली रहेको औपचारिक तथ्यांक छ । नेपालले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए ।

साथै उनले चर्चित फुटबल खेलाडी रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्