१० मंसिर २०८१, सोमबार

नेपाली शेयर बजारमा ३४.४७ अंकको गिरावट

कोलोराडोखबर संवाददाता , August 19th, 2024

नेपाल । नेपालमा आइतबार शेयर बजार ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ ।

३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ बराबरको कारोबार भयो ।

आइतबार सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेको छ । ४७ स्टकको मूल्य बढेको छ भने १९७ स्टकको मूल्य घटेको छ ।

कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्