कोलोराडो । अनेसास कोलोराडो शाखाको आयोजनामा अगस्त १७ तारिकका दिन आख्यान लेखन कार्यशाला सम्पन्न भएको छ ।
बिहान ११ बजेदेखि २ घण्टासम्म क्रस रोड कम्युनिटी सेन्टरमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
सहभागीहरुलाई वरिष्ठ आख्यानकार कृष्ण धरावासीले प्रशिक्षण प्रदान गरेका थिए । आख्यान लेखनको शैली र ध्यान पुर्याउनु पर्ने विविध पाटाहरुबारे धरावासीले प्रष्ट पारेका थिए ।
कार्यक्रममा पदम विश्वकर्मा, पुष्पराज पौडेल, निर्मला अर्याल, धन पौडेल, विजयराज शर्मा, दामोदर लुईंटेल, भुपेन्द्र महत, चन्द्र खत्री, सन्तोष सुवेदी, तारा अधिकारी, गंगा अभिलाषी, विजयदेव अधिकारी, राजु सिटौला, लालप्रसाद चौलागाईं, किरण अधिकारी, विकास त्रिपाठी, डा. शारदा त्रिपाठी, बसन्त लम्साल, हरिभक्त आचार्य र रञ्जना आचार्य लगायत भाषा साहित्यप्रति रुचि भएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यशालामा साहित्यकार मन्जु बिमलीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सहजकर्ता डाक्टर विजयराज शर्मा रहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्