९ मंसिर २०८१, आईतवार

कविताः मृत्यु

कोलोराडोखबर संवाददाता , August 17th, 2024

–आरआर चौलागाईं–

कोही मरे हवाईजहाजमा खरानी भएर
कोही मरे बसमा पानीमा डुबेर
हवाईजहाजमा मर्नेहरूप्रति समवेदना व्यक्त हुँदो रहेछ
र झन्डा आधा झुकाइने रहेछ
बसमा मर्नेहरूप्रति समवेदना व्यक्त नहुँदो रहेछ
र कीरा फट्याङ्ग्रा मरेजस्तो हुँदो रहेछ
यो राज्यले कति विभेद गर्दो रहेछ
त्यसैले मृत्यु पनि वर्गीय हुँदो रहेछ
मान्छेपिच्छे फरक फरक हुँदो रहेछ
त्यसैले मलाई भन्न करै लाग्यो
यो सरकार गरीबको होइन धनीको मात्र रहेछ ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्