नेपाल । धितोपत्र बजारमा बिहीबार अर्को कीर्तिमान कायम भएको छ ।
कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बिहीबार झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको हो । उक्त दिन २९ अर्ब ९५ करोड ८५ लाखको शेयर किनबेच भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अंकले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ ।
केही समय यता नेपालको बजारमा उत्साह छाएको छ ।
प्रतिक्रिया दिनुहोस्