११ आश्विन २०८१, शुक्रबार

थाईल्यान्डमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने अदालतको निर्णय

कोलोराडोखबर संवाददाता , August 15th, 2024

अमेरिका । थाईल्यान्डमा अदालतले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्री सेटा टवीसिनलाई पदमुक्त गरिदिएको छ ।

टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ ।

सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन । उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ ।

अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन् । –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्