११ आश्विन २०८१, शुक्रबार

सर्वोच्चको फैसलापछि एनआरएनएका अध्यक्ष डा. बद्री केसी नियमित काममा फर्किए

कोलोराडोखबर संवाददाता , August 14th, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा. बद्री केसीले मंगलबार संघको केन्द्रीय कार्यालय काठमाडौंमा पुगेर आफ्नो काम थालेका छन् । सर्वोच्च अदालतको गत मंगलवारको फैसला अनुरुप डा. केसी नियमित काममा फर्किएका हुन् ।

सर्वोच्च अदालतका न्यायधिशद्धय तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले संघका महाधिवेशनहरु स्वायत्त हुने भन्दै ११औं महाधिवेशनले गरेको निर्णय वैधानिक भएको भन्दै डा. केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई पुनरवहाली गरेको हो ।

प्रतिक्रिया दिनुहोस्