८ मंसिर २०८१, शनिबार

न्यूरोडबाट ८ किलो सुनसहित पक्राउ परेका पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी अनुसन्धान

कोलोराडोखबर संवाददाता , December 7th, 2023

नेपाल । राजधानी काठमाडौंको न्यूरोडमा ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित र ४९ लाख ५० हजार अवैध नगदसहित ओमपाल गोल्ड शपका सञ्चालक पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्