१० मंसिर २०८१, सोमबार

नेपालको शेयर बजार उकालो यात्रामा, कारोबार रकममा दिनदिनै नयाँ रेकर्ड

कोलोराडोखबर संवाददाता , August 13th, 2024

नेपाल । नेपालको शेयर बजारमा कारोबार रकम दिनदिनै बढेर नयाँ रेकर्ड कायम भएको छ । नेप्से पनि उकालो यात्रामै छ ।

यसैक्रममा सोमवार नेप्से ७०.८१ अंकले बढ्दा शेयर कारोबार पनि २७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।

आइतवार शेयरबजार कारोबार रकममा राखेको उच्च रेकर्ड सोमवार तोडिएको हो । आइतवारको शेयर कारोबारमा २५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमवार बजारमा २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक ७० दशमलव ८१ अंकले बढेर २ हजार ९३१ दशमलव ६५ बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्