८ बैशाख २०८२, सोमबार

पेरिस ओलम्पिक सम्पन्नः चीनलाई पछि पर्दै अमेरिका पहिलो

कोलोराडोखबर संवाददाता , August 12th, 2024

अमेरिका । पेरिस ओलम्पिक २०२४ सम्पन्न भएको छ । दुई साता भन्दा धेरै दिन सञ्चालन भएको उक्त प्रतियोगितामा अमेरिका पहिलो भएको छ ।

चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको हो ।अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।

अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।

जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो ।

आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।

पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

३३औँ ग्रीस्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ । ८० हजार दर्शकबीच स्टेड डे फ्रान्समा यसको समापन समारोह गरिएको हो । समापन समारोह भव्य कन्सर्ट जस्तो बनेको थियो । ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरियो ।

प्रतिक्रिया दिनुहोस्