५ माघ २०८१, शनिबार

पेरिस ओलम्पिक समापन हुँदै, हालसम्मको पदक तालिकामा चीन पहिलो, अमेरिका दोस्रो

कोलोराडोखबर संवाददाता , August 11th, 2024

नेपाल । तीन सातासम्म जारी पेरिस ओलम्पिक २०२४ आइतबार समापन हुँदैछ ।​

स्टेड डे फ्रान्समा आयोजना हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ । चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ ।

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ । तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ ।

पदक तालिकाको चौथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ । १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ ।

आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२ पटक हात पारेको छ । दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन् ।

इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ।

पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्