११ आश्विन २०८१, शुक्रबार

बंगलादेशमा सामाजिक र धार्मिक एकताका लागि सबैसँग युनुसको अपील

कोलोराडोखबर संवाददाता , August 11th, 2024

नेपाल । बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपील गरेका छन् ।

शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन् ।

नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस गत बिहीबार युरोपबाट फर्किएको र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै आन्तरिक प्रशासनको नेतृत्व सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्