११ आश्विन २०८१, शुक्रबार

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , August 10th, 2024

अमेरिका । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटना भएको छ ।

उक्त विमानमा रहेका ५७ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ ।

विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन । दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्