५ माघ २०८१, शनिबार

स्पेनले जित्यो पेरिस ओलम्पिकमा पुरुष फुटबलतर्फ स्वर्णपदक

कोलोराडोखबर संवाददाता , August 10th, 2024

अमेरिका । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलतर्फ स्पेनले स्वर्णपदक हासिल गरेको छ ।

आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण पदक जितेको हो । सन् १९९२ पछि स्पेनले उक्त खेलमा स्वर्ण जितेको हो ।

खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो ।

स्पेनले युरो २०२४ पनि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्