९ मंसिर २०८१, आईतवार

गजल

कोलोराडोखबर संवाददाता , August 10th, 2024

–केशवलाल श्रेष्ठ–

न गीत बोकी आएँ न गजल घोकी आएँ
यो भरि रङ्गमञ्चमा बोतल बोकी आएँ ।

न त धन कमाएँ खै, न त जन कमाएँ
छट्पटीमै यो मनलाई त्यतै रोकी आएँ ।

भन्न त भन्छन् सबै यो पागल हो पागल
बिहानै सबेरै यो पञ्चामृत बोकी आएँ ।

बोलाउँछन् कहिलेकाँही यो मेहफिलमा
लौ आएँ दुईचार प्याक प्याला धोकी आएँ ।

नबोलाए नि एकदिन त्यो मेहफिलमा
लाज् नमानी उनको मैले ओठ टोकी आएँ ।

सबैले जग हाल्यो भनी हाम्रो केशबजी
म शेर हुँ हेर यहाँको भन्दै खोकी आएँ ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्