-रमेशचन्द्र घिमिरे-
हेर्न आइज लाले
कुखुराको भाले ।
झोला सोला भिरी
गाउँतिर छिरी
ल्याउनु भाको रैछ
धेरै पैसा तिरी
हाम्रा माइला बाले
कुखुराको भाले ।
जता पनि जान्छ
जे जे पाउँछ, खान्छ
मेरो आफ्नो घरलाई
उसले आफ्नै ठान्छ
साह्रै असल खाले
कुखुराको भाले ।
बस्छ सानो खोरमा
सुत्छ त्यहीँ फोहोरमा
कुखुरी काँ कराउँछ
चर्को चर्को स्वरमा
हाम्रो घरको पाले
कुखुराको भाले ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्