११ आश्विन २०८१, शुक्रबार

पोर्चुगलको राजधानी लिस्बनमा राहदानीसम्बन्धी ‘घुम्ती शिविर’

कोलोराडोखबर संवाददाता , August 9th, 2024

नेपाल । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब ४०० को हाराहारीमा नेपाली सेवाग्राहीको भीड हुने गरेको छ ।

राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले केही दिनअघिबाट सेवा दिन सुरु गरेको शिविरमा दुई हजार भन्दा बढीको विद्युतीय राहदानी (ई–पासपोर्ट) ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्