नेपाल । केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार १४५.०५ अंकले ओरालो झरेको छ ।
सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार २६५१.३२ विन्दुमा आएर रोकिएको छ ।
मंगलबार ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो ।
प्रतिक्रिया दिनुहोस्