नेपाल । ‘नमेटिने घाउ’ चलचित्रमा अभिनय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो भागको दृश्यको संवाद डबिङ गरेका छन् ।
शनिबार अनामनगरस्थित एक स्टुडियोमा प्रधानमन्त्री ओलीले स्वरांकन गरेको उनको सचिवालयले जनाएको छ ।
फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । यो चलचित्र अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्