३ माघ २०८१, बिहीबार

आश्मा केसीले जितिन् मिस नेपाल २०२४ को उपाधि

कोलोराडोखबर संवाददाता , August 4th, 2024

नेपाल । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

गोदावरीको सनराइज हलमा शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।

मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।

२६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा प्रतियोगितामा मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भइन् ।

द हिडन ट्रेजरको आयोजना भएको समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिती थियो । मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि फिनालेमा सहभागि थिए ।

फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकरसहितका ११ जना जजको रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्