नेपाल । काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत शनिबार भएको खेलमा नेपालले भारतमाथि शानदार जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।
यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
नेपालले तेस्रो खेल आइतबार साँझ ५ः१५ बजेदेखि इरानसँग लिगचरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्